ताजा समाचार


विवाह गर्न नपाएपछि आत्महत्या

सुन्दरीजल, १५ चैत । आफूले मन पाराएकी युवतीसँग विवाह गर्न नपाएको भन्दै जोरपाटी–४ का किरण दुवालले आज आत्महत्या गरेका छन् ।
आमाबाबु बिहानै दूध बेच्न गएको मौका छोपी किरणले घरको तेस्रो तल्ला चढ्ने ठाउँमा खादाको पासो लगाई आत्महत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरी नायब निरीक्षक धनीदत्त जोशीले जानकारी दिनुभयो ।
किराना पसल सञ्चालन गर्दै आइरहेको र सोही क्रममा तामाङ थरकी युवतीसँग प्रेम सम्बन्ध गास्न पुगेका किरणले उनैसँग विवाह गर्न खोज्दा परिवारले अन्तरजातीय विवाह गर्न नदिएका कारण उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो । रासस